प्युठान, ११ फागुन । प्यूठानको माण्डवी गाउँपालिका-२ स्थित रातामाटेमा एक दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । मृतक ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया पत्नी हुकुमा परियार शनिबार दिउँसो घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
मृतक दम्पतिका चार छोरा भारतमा र तीन छोरी दाङमा विवाहित भै बस्दै आईरेहेका छन । शनिबार दिउँसो १२ बजेसम्म घरको ढोका नखुलेपछि छिमेकीले ढोका ढकढक्याए । चिहाएर हेर्दा दम्पती लडेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्यूठान प्रहरीका अनुसार, मृतकको शरीरमा घाउ र चोटका निशानहरू देखिएका छन् । घटना संकास्पद भएकोले थप अनुसन्धान गर्न भैरहवाबाट तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार