२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

रोल्पा, १३ फागुन । रोल्पामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या भएको छ । गएराति त्रिवेणी गाउँपालिका-६, थुम्काका ४० वर्षीय खिम बहादुर बुढामगरले आफ्नै श्रीमती ३२ वर्षीया अस्मिता बुढामगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, खिम बहादुरले खुकुरी प्रहार गरी श्रीमतीको घाँटी काट्दा घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले खिम बहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस