२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

“राप्ती बबई क्याम्पस: परिवर्तनको लागि सक्षम अनेरास्ववियुको नेतृत्व”

दाङ, २२ फागुन । स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) कुनै साधारण संस्था होइन, यो विद्यार्थीहरूको अधिकारको रक्षा गर्ने, शिक्षाको गुणस्तर सुधार गर्ने, र भविष्य सुरक्षित गर्ने महत्त्वपूर्ण संरचना हो । तर, पछिल्ला वर्षहरूमा राप्ती बबई क्याम्पसको स्ववियु नेतृत्वनै नै हुन नदिने  र विद्यार्थीको हक, सुविधा, र अधिकारहरू कमजोर बनाइएको छ । कोहि कसैको व्यत्तिगत वा पार्टीगत स्वार्थमा अल्झिरहेको स्ववियु यो पटक निर्धारित समयमा निर्वाचन सम्पन्न  गर्ने र स्ववियु नेतृत्व आफ्नो पक्षमा पार्ने अनेरास्ववियको जिम्मेवारी रहेको छ ।

अनेरास्ववियु नै किन आवश्यक ?

अब समय आइसकेको छ – कसले विद्यार्थीको पक्षमा काम गर्छ? कसले केवल नारा दिन्छ ? र किन अनेरास्ववियु नै विद्यार्थीका लागि सर्वोत्तम विकल्प हो त !

चैत्र ५ गते हुने स्ववियु निर्वाचन विद्यार्थीहरूका लागि सुनौलो अवसर हो । अब गलत नेतृत्व फेर्ने र सही संगठनलाई समर्थन गर्ने बेला आएको छ । अनेरास्ववियु नै किन आवश्यक भन्ने केही ठोस कारण:

१)शिक्षा सुधारको प्रतिवद्धता: विद्यार्थीहरूको शिक्षामा गुणस्तर अभाव देखिएको अवस्थामा अनेरास्ववियुले डिजिटल शिक्षाको विस्तार, अनुभवी शिक्षकहरूको उपलब्धता, र नियमित कक्षा सञ्चालनको ग्यारेन्टी गर्छ ।

२) छात्रवृत्तिमा पारदर्शिता: पहुँचवालाले मात्र होइन, योग्य विद्यार्थीहरूले छात्रवृत्ति पाउने व्यवस्था गर्नुपर्छ । अनेरास्ववियुले यसमा पूर्ण पारदर्शिता ल्याउने प्रतिज्ञा गरेको छ ।

३)विद्यार्थी सुविधामा सुधार: पुस्तकालय, प्रयोगशाला, खेलकुद, इन्टरनेट जस्ता आधारभूत सुविधाको सन्दर्भमा अनेरास्ववियु प्रतिबद्ध रूपमा सुधार गर्न लागिपर्नेछ ।

४)शान्तिपूर्ण र विद्यार्थीमैत्री वातावरण: अराजकता, गुटबन्दी, र विद्यार्थीहरूलाई विभाजन गर्ने खेल अब अन्त्य हुनुपर्छ । अनेरास्ववियुले क्याम्पसमा एकतामूलक र सहयोगी वातावरण बनाउने योजना ल्याएको छ ।

५) सक्षम नेतृत्व, पारदर्शी प्रशासन: स्ववियुको नेतृत्व केवल पार्टीगत स्वार्थ पूरा गर्ने होइन, विद्यार्थीहरूका लागि सेवा गर्ने संस्था हुनुपर्छ । अनेरास्ववियु यही लक्ष्यका साथ अघि बढ्दैछ ।

अब निर्णय तपाईंको !

❌ के तपाईं फेरि पनि अस्तव्यस्त नेतृत्वकै हातमा स्ववियु सुम्पिन चाहनुहुन्छ ?

✅ कि अब शिक्षामा सुधार, सुविधा विस्तार, र विद्यार्थी अधिकारको संरक्षण चाहनुहुन्छ ?

यदि तपाईं दोस्रो विकल्प रोज्नुहुन्छ भने – अनेरास्ववियु नै एकमात्र सही निर्णय हो !

चैत्र ५ गते, योग्य नेतृत्व छानौं, अनेरास्ववियुलाई जिताऔं !

“चैत्र ५ मा योग्य नेतृत्व छानौं, स्ववियुलाई सशक्त बनाऔं !”

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस