दाङ, २२ फागुन । दाङमा चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–१ हर्नोक निवासी अन्दाजी २४ वर्षका प्रदिप भन्ने विज्ञान घर्ती , चोरी गरेको सामान बेच्न घोराही उप–महानगरपालिका– १५ काठेकोलका ३२ वर्षका विक्रम चौधरी, उनको श्रीमति २५ वर्षका प्रतिक्षा केसी र चोरी गरेको सामान किन्ने घोराही उप–महानगरपालिका– १५ भिमसेन टोल निवासी ४१ वर्षको सदन सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी चक्र बहादुर शाहले जानकारी दिएका छन ।
प्रहरीले फागुन १५ गते घर्तीले गिता पुन (वली)को घरमा चोरी गरेको भन्ने निवेदनको आधारमा खोजतलास गर्दै जादा हिजो बुधबार घोराही उप–महानगरपालिका– १७ सिस्नेखोलाबाट पक्राउ गरेको थियो । प्रहरीले विक्रम चौधरीको घरको कोठाबाट दुई लाख २२ हजार ६६५ रुपंैया नगद र सुन जस्तो देखिने पहेलो धातुवाट बनेको माला जोडेकोे माईली तिलहरी एक थान बरामद गरीएको छ । यस्तै सदन सुनारको घरको कोठाबाट स्वरुप परिवर्तन गरीसकेको अवस्थाको सुनको टप एक जोर, सुनको औँठी एक थान र सुनको माईली तिलहरी एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।
