२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

मलेसियामा बेसिक सेलरी बढ्यो, नेपाली श्रमिकहरु खुशी

काठमाडौ, २२ फागुन । मलेसियामा कार्यरत श्रमिकहरुको सेलरी बढेको छ । न्यूनतम पारिश्रमिक बेसिक सेलरी यही फेब्रुअरी महिना २०२५ देखि लागु भैसकेको हो । न्यूनतम पारिश्रमिक अर्थात ८ घण्टा काम गरेको आरएम १५०० रिंगेट बाट २०० बढेर आरएम १७०० रिंगेट भएको नियम कार्वानयममा आएको हो ।

मलेसिया सरकारले बढाएको न्यूनतम पारिश्रमिक भुक्तानी कार्वानयनमा आएसंगै नेपाली श्रमिकहरु पनि खुशी  भएका छ्न । मलेसियामा  कार्यरत नेपाली श्रमिक दाङका गोपाल बि क  भन्नुहुन्छ, “हाम्रो कम्पनीले   मलेसिया सरकारले बनाएको श्रम कानुन सम्बन्धि नियम पालना गर्छ, फेब्रुअरी महिनाको सेलरी मार्च ५ तारिक बुझे , जसमा म संग कम्पनीमा एकै ठाउँमा काम गर्ने सबैको न्यूनतम पारिश्रमीक  आरएम १७०० बढेर आएको भुक्तानी पाएका छौ ।” बि क ले  मयुर अन्लाईन संग टेलीफोनमा कुरा गर्दै भने ।

बि क ले खुशी हुँदै भने , “हाम्रो पारिश्रमिक पहिले भन्दा आरएम २०० बढेर आएको छ । यो हामी नेपाली श्रमिकको लागि पनि एकदमै खुशीको कुरा हो , र अब यो बढेको पारिश्रमिकले यहाँ खाद्य पदार्थमा बढेको महँगो मुल्य तिर्न लाई राहत हुने बताए ।”

मलेसिया सरकारको बर्तमान प्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका दातुक श्री अनवर बिन इब्राहिमले गत बर्ष सन् २०२४ को अक्टोबर महिनामा सम्पन्न बजेट भाषणको क्रममा २०२५ फेब्रुअरी महिनादेखि लागू हुनेगरी मलेसियामा निजीक्षेत्रमा काम गर्ने स्वदेशी तथा विदेशी सबै श्रमिकको न्यूनतम पारिक्ष्रमिक बढाउने घोषणा गरेका थिए ।

सरकारले यहाँका रहेका रोजगारदाता कम्पनी हरुलाई अनिवार्य रुपमा बढेको न्यूनतम पारिश्रमिक आ-आफ्नो कामदारलाई भुक्तानी गर्न आदेश जारी गरेको हो ।  यता मलेसियास्थित नेपाली राजदूतावासले रोजगारदाता कम्पनीले बढेको पारिश्रमिक अनुसारको तलब नदिएमा राजदूतावासमा आएर उजुरी दिन सकिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस