२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

राप्ती बबई क्याम्पस तुलसीपुरमा नेविसंघका भण्डारी निर्वाचित

दाङ, ६ चैत । दाङको राप्ती बबई क्याम्पस, तुलसीपुरमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल विजयी भएको छ । मंगलबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार, नेविसंघका उम्मेदवारहरूले भारी मतले विजय प्राप्त गरेका हुन् । ३ हजार ३ सय मतदाता रहेको क्याम्पसमा १,४१७ मत खसेको थियो ।

मतपरिणाम अनुसार, संयुक्त विद्यार्थी समूहलाई पछि पार्दै नेविसंघका उम्मेदवार प्रमोद भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले अनेरास्ववियु र अन्य ७ विद्यार्थी संगठनको गठबन्धनका उम्मेदवार लेखमणि खत्रीलाई पराजित गरेका हुन् ।

अध्यक्षका स्वतन्त्र उम्मेदवार कोमल बहादुर वली (केबी) र कृष्ण केसी (डेबिट)ले पनि उम्मेदवारी दिएका थिए । सचिव पदमा नेपाल विद्यार्थी संघका टोप बहादुर ओली निर्वाचित भएका छन्, उनले गठबन्धनका उम्मेदवार सोनिया थापालाई पराजित गरेका छन् ।

कोषाध्यक्ष पदमा नेपाल विद्यार्थी संघकी शिक्षा नेपाली निर्वाचित भएकी छन्, उनले गठबन्धनका उम्मेदवार तिलक राज डाँगीलाई पछाडि पारेर विजय प्राप्त गरेकी हुन् ।

सदस्य पदमा पनि नेपाल विद्यार्थी संघका उम्मेदवारहरूले भारी मतका साथ जितेका छन् । निर्वाचित सदस्यहरूमा मनिशा चौधरी, रूपेश चौधरी, यम कुमारी भण्डारी, सन्जिव चौधरी, ममता वली, करूणा नेपाली, र लक्ष्मण वली रहेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस