काठमाडौ, ८ चैत । चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीत सार्वजनिक गरिएको हो । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्दरचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको छ । भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका छन् ।
नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ । नेपाली संस्कृति बोल्ने प्रयास गरेको छ । विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ । माया–प्रेम दर्शाउँदै व्यंग्य गरेको गीतले मर्दपनको पनि कुरा गर्छ । संस्कृतिभित्र प्रेम र व्यंग्य एकसाथ मिसाइएको गीतले दर्शकको मन जित्ने निर्माणपक्षको विश्वास छ ।
प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार