२०८३ असोज २० गते मङ्गलवार | 2026 October 6th Tuesday

अवैध घडेरी प्लटिङ रोक्न कडाइ गरिने

दाङ, १४ चैत । लुम्बिनी प्रदेश सरकारले नमुना राजधानी शहर गुरुयोजना कार्यान्वयनमा अवरोध पु¥याउने अवैध घडेरी प्लटिङ रोक्न कडा कदम चाल्ने भएको छ । घण्टदेव युवा क्लब राप्ती गाउँपालिकामा आवद्ध युवाहरूले मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको ज्ञापनपत्रमा राजधानी क्षेत्रका विभिन्न स्थानमा भूमाफियाहरूले गैरकानुनी रूपमा कित्ताकाट तथा किनबेच गरिरहेको गुनासो उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा राजधानी गुरुयोजना विपरीत भईरहेका अवैध गतिविधिहरू रोक्न तत्काल कारबाहीको माग गरिएको छ ।  मुख्यमन्त्री आचार्यले ज्ञापनपत्र प्रति गम्भीर ध्यान दिँदै कडा अनुसन्धान गर्न तथा अवैध प्लटिङ रोक्न मातहतका निकायलाई निर्देशन दिए ।

उनले सरकार नदी सभ्यतामा आधारित आधुनिक राजधानी निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै गुरुयोजना विपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे सरोकारवाला निकायहरूसँग समन्वय गरी अवैध घडेरी प्लटिङ रोक्न सरकार सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले ध्यानाकर्षण गराउने सबै पक्षलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस