
काठमाडौ, २३ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सगरमाथा संवाद’मा आउन अस्विकार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’मा सहभागी हुन नेपालको तर्फबाट आग्रह गरेपनि उक्त समयमा मोदीले आउन नसक्ने बताएका हुन् ।
मोदीले आफ्नो युरोप भ्रमणको कार्यतालिका बनिसकेकाले सहभागी हुन नसक्ने बताएका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को महासभामा भाग लिन थाइल्याण्ड पुगेका ओलीले मोदीसंग भेट गरेर ‘सगरमाथा संवाद’मा सहभागी हुन आग्रह गरेका थिए ।
प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार