२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

मेलिना राई र सुजन बाबु गुरूङको “पिर लाउछ है माया” सार्वजनिक

काठमाडौ, २४ चैत । लोकप्रिय गायिका मेलिना राई र सुजन बाबु गुरूङ को सुमधुर आवाजमा ”पिर लाउछ है माया ” बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । 

मेलिना राईको को स्वरमा सजिएको पिर लाउछ है माया गीतमा सुजन बाबू गुरूङ संगित, भुपेन्द्र घर्ती मगरको शब्द रहेको गितमा बिशाल निरौला को एरेञ्ज , रन्जन राई को मिक्सिङ्ग रहेको गीतलाई अलङकार स्टुडियोमा रेकर्ड गरिएको हो ।

दिप गुरूङको निर्देशनमा बनेको भिडियोमा बिजय लामा को छायांकन रहेको छ भने भिडियो सम्पादन पदम सुवेदी ले गरेका छन । क्रोरियोग्राफर सोनाम लामा र सन्तोष थापा मगर ले गरेका छन्, भिडियोमा मनोज गुरूङ र माया मगरको अभिनय रहेको गित भुपेन्द्र घर्ती मगर को अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस