दाङ, २५ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशको तेस्रो प्रदेश महाधिवेशनबाट प्रेम बहादुर राम्जा मगर अध्यक्षमा निर्वाचित भएका हुन ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पत्रकारिता क्षेत्रमा सक्रिय आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको नयाँ कार्यसमिति गठन गरेको हो ।
निर्वाचित कार्यसमितिमा जेबी दर्लामी उपाध्यक्ष, बन्दना घर्ती महिला उपाध्यक्ष, सनु थापा मगर महासचिव, सुजल श्रेष्ठ सचिव, भगतराम थारु कोषाध्यक्ष चयन भएका हुन । सदस्यहरूमा दिपक कुमाल, दिल बहादुर गाहा, निर्मल थापा, पुरन राकस र छायाँ पुन मगर रहेका छन ।
त्यसैगरी, संघीय प्रतिनिधिमा प्रेम बहादुर राम्जा मगरका साथै गजेन्द्र गुरुङ र प्रतिज्ञा बुढा मगर चयन भएका हुन ।
पत्रकारिता क्षेत्रमा विविधता र समावेशिताको प्रवर्धनमा फोनिजको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
अधिवेसन उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले व्यवसायिक पत्रकारीको प्रवद्र्धनकालागि फोनिजले खेलेको भूमिको प्रशंसा गरेका छन् । पत्रकारीतामा देखिएको चुनौतीहरुलाई समाधान गर्दै मर्यादित र व्यवसायिक पत्रकारीतालाई अघि बढाउन जरुरी रहेकोमा जोड दिइएको छ ।
फोनिज लुम्बिनीका अध्यक्ष गजेन्द्र गुरुङको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष सरु रानाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, फोनजिकका केन्द्रिय महासचिव समिर वलामी, प्रदेश ईञ्चार्ज मिलन गाहा, प्रेस चौतारी लुम्बिनी प्रदेशका उपाध्यक्ष दशरथ घिमिरे, प्रेस सेन्टरका केन्द्रिय सचिव मानसिंह विश्वकर्मा लगायतका वक्ताहरुले सम्वोधन गरेका थिए ।
शिव घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश महासचिव प्रतिज्ञा बुढामगरले गरेका थिए ।
