२०८३ साउन २६ गते मङ्गलवार | 2026 August 11th Tuesday

मिश्र र राणालाई थप १५ दिन हिरातसमा राख्न म्याद थप

काठमाडौ, २६ चैत । काठमाडौंमा भएको हिंसात्मक प्रदर्शन पछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महासचिव धवल सम्शेर राणासहित २० जनालाई थप १५ दिन हिरासतमा राखिने भएको छ । मंगलबार उनीहरुलाई थुनामा राख्नका लागि म्याद थप भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले राज्यविरूद्धको कसुरमा पक्राउ परेका २० जनालाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेका हुन ।

संगठित अपराध कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । चैत १५ गते राजा फर्काउने नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा तीन कुनेमा पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

पत्रकार सुरेश रजकको घरमा आगजनी गरेपछि निसास्सिएर र सबिन महर्जनको प्रहरीले चलाएको गोली बाट मृत्यु भएको थियो । २० जना गोली लागेर घाइते भएका छन् ।

त्यो राज्यविरूद्धको कसुरमा पक्राउ पछि अनुसन्धान भइ रहेका अन्यहरुमा गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, गोपाल मल्ल, विष्णु पराजुली, धर्मगुरू बताउने पुस्कर खतिवडा, उमेश तामाङ, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, भानुभक्त पौडेल र विष्णुजंग बस्नेत रहेका छन् ।

प्रहरीले थप ५३ जनामाथि आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान जारी रहेको जानकारी दिएको छ । जस्लाई २० दिनको हिरासतमा राख्न अनुमति अदालतले प्रदान गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा देखिएका भिडिओ, फोटो, सिसिटिभी फुटेज लगायतका आधारमा पक्राउ गर्दै आएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस