२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

‘मन बेचेको हुँ’’ सार्वजनिक

दाङ, ४ बैशाख । गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली ‘मन बेचेको हुँ’’ सार्वजनिक गरिएको छ।

गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् ।

गणेश डाङ्गी गगन नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा गोविन्द मधुर आचार्यको स्वर रहेको छ भने एरेन्ज रेकर्ड मिक्सिङ हेमराज डाँगीले गरेका हुन् ।

यस गीतमा गणेशडाङ्गी गगनकै शब्द संगीत रहेको छ। दाङको विभिन्न ठाउँमा छायांकन गरेको गीतमा गणेश डाँगी गगन र बिमला थापा मगरको अभिनय रहेको छ भने गीतमा निर्देशन गणेश डाँगी गगन आफैले गरेका छन् ।

गीतको रेकर्ड महक स्टुडियो काठमाडौँमा गरिएको हो भने पोस्ट प्रोडक्सन स्मार्ट फिल्म स्टुडियोले गरेको छ। जसको लक्ष्मी नारायण मिडिया प्रालि दाङले यस एलबमको मिडिया सहयाेगीका रुपमा रहेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस