२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

हामीले चाहेर पनी युवा पलायनलाई रोक्न सकनौं : सांसद नेपाली

दाङ, ४ बैशाख । नेपाल सरकारका संघिय सांसद अनिसा नेपालीले चाहेर पनी युवा पलायनलाई रोक्न नसकिएको बताकि हुन । दाङको तुलसीपुरमा भर्खरै सञ्चालनमा आएको ग्लोबल करियर काउन्सिलिङ एण्ड भिसा सर्भिसको आज उत्घाटन गर्दै उनले यस्तो बताएकि हुन । 

कार्यक्रमको प्रमुख अथितिसमेत रहेकि साँसद नेपालीले सरकारले युवालाई महत्व नदिदा विसम परिस्थिती सृजना भएको भन्दै अहिले युवालाई रोक्नुपर्छ भनेर मात्रै सम्भव नभएको बताएकि हुन । विशेष गरी उच्च शिक्षा अध्यनका लागी बाहिर जाने विद्यार्थीहरुलाई मध्यनजर गरेर सञ्चालनमा आएको यो सर्भिसले विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्नेमा उनले विस्वास व्यक्त गरेकि हुन । युवाहरुले विदेशमा गएर गर्नुपर्ने काम र आवश्यक सिप नसिकेर विदेशमा जादा दुख पाइरहेको बताउदै उनले अहिले सञ्चालमा आएको ग्लोबल करियर काउन्सिलिङ एण्ड भिसा सर्भिसले यसमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएकि हुन ।

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले नेपालमा व्यवसायीक वातावरण राम्रो नहुदा समस्या भइरहेको अवस्थामा युवाहरुले जोखिम मोलेर भएपनी नेपालमै लगानी गरी व्यवसायमा जोडिएकोमा खुसी व्यक्त गरेका हुन । अहिले निजि क्षेत्रलाई सरकारले वास्ता नगर्दा आर्थीक गतिविधिहरु चलायमान हुन नसकेको उनले बताएका हुन ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस