२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

नेपाल अमेरिका पत्रकार संघ अध्यक्षका उम्मेदवारहरुबिच प्रत्यक्ष बहस हुँदै 

काठमाडौ, ५ बैशाख । नेपाल अमेरिका पत्रकार संघ (NEAJA) को आगामी कार्यकालको लागि अध्यक्ष पदका उम्मेदवारहरू बीच प्रत्यक्ष बहस हुने भएको छ । रिपोर्टर्स क्लब अमेरिकाको आयोजनामा २०२५ अप्रिल २६ तारिख, शनिबार दिउँसो १ बजे, १८०० भ्याली भ्यू लेन #१०४, इरभिङ, टेक्सास ७५०६१ मा बहस हुने कार्यक्रम तय भएको छ ।

उक्त बहस कार्यक्रममा सुजन पण्डित र बाबुराम दाहाल सहभागी हुनेछन् । दुबै उम्मेदवार अमेरिका बसोबास गर्ने नेपाली पत्रकार समुदायमा परिचित नाम हुन् । उक्त बहसलाई NEAJA को आगामी नेतृत्व चयनका लागि अत्यन्त महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।

प्रत्यक्ष बहसको संचालन संगीता एस. कडेल र मनीमा पोखरेलले गर्ने छन् । कार्यक्रमलाई रिपोर्टर्स क्लब अमेरिकाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गरिनेछ । उक्त बहसले आउँदो मे १० र ११ मा हुने NEAJA को अधिवेशनलाई लक्षित गर्दै उम्मेदवारहरूले आफ्ना योजना, दृष्टिकोण र कार्यक्रमहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।

रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीका अनुसार, उक्त बहसको उद्देश्य NEAJA को भावी नेतृत्वप्रति स्पष्टता दिने, पत्रकारहरूको सवालमा छलफल गर्ने र समग्र नेपाली पत्रकार समुदायलाई जानकारीमूलक निर्णय लिन सहयोग पुर्‍याउने हो । बहसलाई निष्पक्ष, मर्यादित र सूचनामूलक बनाउने प्रतिबद्धता समेत रेग्मीले व्यक्त गरेका छन् । कार्यक्रमलाई खुलामञ्चले समर्थन गरेको छ भने भेटघाट रेस्टुरेन्ट, बार एण्ड ब्याङ्क्वेटले स्थान उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस