२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

जम्मू–कश्मिरमा मारिएका न्यौपानेको सम्झनामा दीप प्रज्वलन

दाङ, १७ बैशाख । जम्मू– कश्मिरमा भएको आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित हत्या गरिएकाहरूको सम्झनामा दाङको तुलसीपुरमा दीप प्रज्वलन गरिएको छ । वैशाख १० गते पहलगाम भ्रमणमा गएका बखत बुटवलका न्यौपानेसहित २८ जनाको हत्या भएको थियो । आतंकवादी गतिविधि विरूद्ध खेत प्रकट गर्दै र शान्तिको कामना गर्दै तुलसीपुरको बिपी चोकमा मंगलबार बेलुकी दीप प्रज्वलन गरिएको हो ।

दीप प्रज्वलन अगाडि सम्बोधन गर्दै लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कुनै पनि आतंकवादका विरूद्धमा एक जुट हुन जरूरी रहेको बताए । घटनाको भत्सर्नाग र्दै उनले आतंकवाद निर्मूल गर्न जरूरी रहेको बताए । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता समेत रहेका चौधरीले आतंकवाद विरूद्ध लड्न भारतलाई शक्ति प्राप्त होस् भन्दै सम्पूर्ण नेपाली र लुम्बिनी प्रदेशवासी आतंकवादको विरूद्धमा उभिने बताएका थिए ।

बेस संस्था, मटाँवा, बरघर, भलमन्सा संघ, नेपाल तरूण दल दाङको आयोजना र नेपाल प्रेस युनियन दाङको ऐक्यबद्धतामा दीप प्रज्वलन कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल तरूण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल तरूण दलका जिल्ला पदाधिकारी, सर्वसाधारण लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस