२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

प्रेस चौतारी तुलसीपुरको अध्यक्षमा परियार

दाङ, १८ बैशाख । प्रेस चौतारी नेपाल, तुलसीपुरको अध्यक्षमा पुनः बसन्त परियार निर्वाचित हुनुभएको छ । आज तुलसीपुरमा भएको नगर कमिटिको दोस्रो अधिवेसनबाट परियारको अध्यक्षतामा सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा प्रेम कुमारी मगर रहेका छन । बसन्त परियार यसअघि पनी नगर कमिटिको अध्यक्ष हुनुहुन्थ्यो भने प्रेम कुमारी मगर उपाध्यक्ष नै थिए । अध्यक्ष र उपाध्यक्ष पुनः दोहोरिएका हुन । यस्तै सचिवमा कपिलमणी लामिछाने, सह–सचिवमा विस्मात केसी, कोषाध्यक्षमा भिम वली , सदस्यहरुमा रोमा पुन, मनु डिसी, रोशन बोहरा, कुस्मा डाँगी र सबिता रोका चयन भएका हुन । प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश आचार्यको प्रमुख आथित्यतामा अधिवेसन सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अथिति आचार्यले नया कार्यसमितिलाई कुसलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेका हुन । पत्रकारिता एक सम्मानित पेशा भएकाले यसको गरिमालाई बचाई राख्न विशेषगरी प्रेस चौतारीका सबै पत्रकारहरु सक्रिय भएर लाग्नुपर्नेमा उनले जोड दिएका हुन । उनले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका हुन । गोकर्ण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर नगर कमिटिका यसअघिका सचिव राजन लामिछानेले गरेका थिए । 

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस