२०८३ साउन २८ गते बिहिवार | 2026 August 13th Thursday

विद्यालयका शिक्षक आक्रमण घटनाप्रति हिमाल एकाडेमीको गम्भिर ध्यानाकर्षण

दाङ, १९ बैशाख । तुलसीपुर ६ मा रहेको हिमाल एकाडेमीले आफ्नो  विद्यालयका शिक्षकमाथि भएको आक्रमणको प्रयास घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । शुक्रबार बिहान विद्यालयमा कार्यरत प्लस टु कोर्डिनेटर तथा कम्प्युटर  शिक्षक विषेश श्रेष्ठमाथि भएको घटनाप्रति विद्यालय एक विज्ञप्ति निकालेर गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  विद्यालयका प्रिन्सेप मधुसुदन केसी र विद्यालय सञ्चालक समितिका अध्यक्ष विनय कुमार मिश्रले बिहान साढे १० बजेतिर विद्यालय परिसर भित्र आपराधिक मानसिकतासहित प्रवेशगरि आफ्नो ड्युटी गइरहेका शिक्षक श्रेष्ठमाथि गरिएको आक्रमणको प्रयास प्रति विद्यालय प्रशासन अत्यन्तै गम्भिर भएको उल्लेख गरेका छन् । यस्तै उनीहरूले जघन्य अपराध घटाउने वा प्रेरित गर्ने जो सुकै त्यस्ता ब्यक्तिलाई  यथाशीघ्र पक्राउ गरि कानुन कारबाहीको दायरामा ल्याउन समेत माग गरेका छन् । यस्तै स–साना बालबालिकाहरू पढ्ने, लेख्ने पवित्र एवं शान्तिको क्षेत्रमा यस्ता घटनाहरू नदोहोरिऊन् भन्ने विषयमा विद्यालय गम्भिर भएको समेत जनाइएको छ । यस्तै घाइते शिक्षकको स्वास्थ्य अवस्था अहिले समान्य रहेको समेत विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस