२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

‘कुरै खलास’ सार्वजनिक

दाङ, २० बैशाख । नेपाली गित संगीतको बजारमा एउटा फरक शैलिको म्युजिक भिडियो ‘कुरै खलास’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको उत्कृष्ट संयोजन प्रस्तुत गरिएको यस गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान तान्न सफल भएको छ । गितलाई टिकटकमा समेत दर्शकहरुले रुचाइरहेका छन ।

कृष्ण रेउले युट्युव च्यानल बाट सार्वजनिक भएको गितमा कृष्ण रेउले, एलिना चौहान र रेश्मा पुनको सशक्त स्वर रहेको छ । सुकदेव अधिकारी, रुपी सिञ्जाली र प्रेमा राणाले समूह भोकलमार्फत गीतलाई अझ सजीव बनाएका छन् । गीतका सर्जक मनजित पुन, संगीतकार ऋषि खड्का, र संगीत एरेन्जर बिमल छिनाल हुन् । गीतको रेकर्डिङ गतिशील स्टुडियोमा गरिएको हो, जसमा लक्ष्मण विश्वकर्मा रेकर्डिस्टका रूपमा रहेका छन् । 

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोमा चर्चीत नायिका प्रियंका कार्की, कृष्ण रेउले, बिमल अधिकारी, विक्रम बुढाथोकी, विजय पुन, करिश्मा शाही, र जोयम पुनको अभिनय देख्न सकिन्छ ।

छायांकन अजय रेग्मी गरेका छन् भने सम्पादन विकास ज्ञवालीले गरेका हुन् । गितको कोरियोग्राफी युमी बालामीले गरेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस