काठमाडौ, २० बैशाख । नेपाल विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरणले ५ अर्ब २६ करोड रुपैयाँ घाटा भइरहेको जानकारी दिएका हुन । अघिल्लो कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरण ८ अर्ब रुपैयाँ भन्दा बढी नाफामा रहेको दाबी गरेका थिए , जबकि हालको श्वेतपत्र अनुसार, प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।
तर, आयकर ऐनको प्रावधान अनुसार नाफा कट्टीको गणनासँगै अहिले प्राधिकरण घाटामा पुगेको छ । कार्यकारी निर्देशक शाक्यका अनुसार, विद्युत् प्राधिकरणको वित्तीय स्थिति वर्तमानमा ५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २० गते शनिवार