२०८३ असोज २१ गते बुधवार | 2026 October 7th Wednesday

अनलाइन राप्तीका प्रधान सम्पादक डाँगी पुरस्कृत

दाङ, २० बैशाख । दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको रिसर्च राप्ती मिडिया प्रालिद्वारा अनलाइन राप्ती डटकमका प्रधान सम्पादक विकास डाँगी पुरस्कारसहति सम्मानित भएका हुन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घको ३० औं वार्षिक साधारणसभाको अवसरमा शनिबार सङ्घले सम्मान गरेको हो ।

विगत लामो समयदेखि आमसञ्चारको माध्यमबाट आर्थिक, व्यवसायिक, सामाजिक क्षेत्रको विकास, एवम् उन्नयनमा सूचना तथा समाचार सम्प्रेषण गरी सङ्घको संस्थागत विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको सङ्घका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए । उनी नेपाल टेलिभिजन र थाहा खबरको दाङ सम्वाददाता समेत हुन् ।

प्रकाशित मिति : २०८२ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस