
दाङ, २३ बैशाख । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वराजगारी र आर्थिक बिकास आजको मुख्य आवश्यकता भएको बताएका छन् ।
मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका – ६ डुर्मी गाउँस्थित भूँयार थानमा दूई महिने मन्देश्वरी, कम्प्यूटर र अचार उत्पादन तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेतासमेत रहेका चौधरीले सीप दिने तर कमाउने नसक्ने हो भने त्यसको अर्थ नहुेन बताए ।
आजको युगमा हरेक सीप सिकेका ब्यक्तिले २० हजार माथि कमाउन सकेमा मात्रै दिएको तालिम सफल हुने उनको तर्क थियो ।
‘ तालिम दिनेहरुले त्यो भन्दा पहिला डाटामा राख्न जरुरी हुन्छ,’ उलने भने ‘ कहाँ के कुराको आवश्यकता हो त्यो डाटाको आधारमा दिइने तालिमहरु मात्रै सफल हुन्छन् ।’
बिकासलाई डाटामा राख्न सके त्यसले त्यो ठाउँको आवश्यकता र संभावना बुझ्न सजिलो हुने उनको कथन थियो । कुनैपनि ठाउँको डाटाले त्यो ठाउँको मार्केट बोल्ने हुँदा तालिम भन्दा पहिला डाटा सर्भे गर्नु आवश्यक हुने उनको जोड थियो ।
तालिममा सिकेको सीप ब्यबहारमा उपयोग गर्न नसके त्यसको अर्थ नहुने भन्दै सीकेको सीपलाई ब्यबहारमा उतार्नका लागि सबै सहमागिहरु लाग्न सक्नु पर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले तालिमले स्वरोजगार सिर्जना गर्ने हुँदा तामिलको भरपुर सदुपयोग गरि भविश्यमा आत्मनिर्भर हुने गरि ध्यान दिन आग्रह गरे । तालिम वा सीप सिद्धिएकै दिन त्यो सिकेकै दिन शिद्धियो भन्ने हो भने तालिममा बस्नु र नबस्नुको कुनै अर्थ नरहने उनले बताएका थिए ।
‘अहिलेको जमानमा कम्प्युटर चलाउन नजाने पीएचडी गरेपनि अर्थ छैन,’ उनले भने ‘ कम्प्युटर मन्देश्वरी र अचार उत्पादन तालिम एउटा ठूलो अवशर भएको हुँदा सीप सिकेर सकेपछि आफ्नै टोलको बेरोजगारी घटाउन तथा स्वरोजगारी सृजनामा लाग्नु हुने छ भन्ने आशा छ ।’
कार्यक्रममा सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. नहकुल केसी, समाजिक बिकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज शर्मा, तुलसीपुर – ९ का वडाध्यक्ष घनश्याम ढकाल, तुलसीपुर – ५ का वडाध्यक्ष बीरेन्द्र शाह, तुलसीपुर – ७ का वडाध्यक्ष रामबहादुर जिसी, तुलसीपुर – ६ का वडाध्यक्ष दुजमान भण्डारी, बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरी लगाएतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए ।
दुई महिना सम्म चल्ने तालिममा तुलसीपुरको वडा नं. ५, ६,७ र ९ नम्बर वडाका गरि एक सय बढी महिलाहरु सहभागी छन् ।
तालिमको प्रशिक्षकहरुमा कम्प्युटर तर्फ यम स्वती, अचार तर्फ शारदा अधिकारी र शान्ता पौडेल र मन्टेश्वरी तालिमका लागि पार्वता अधिकारी छन् ।
सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव केउलापती चौधरी कल्पनाले गरेकी थिइन ।