
दाङ, २५ बैशाख । भोलि देखी दाङमा हुन लागेको राष्ट्रिय खो खो पुरुष प्रतियोगिता २०८२ को लागी भायनेट तुलसीपुर शाखाद्वारा टिसर्ट, क्याप टोपि, र ट्रयाक सुट सहयोग गरेको छ ।
आज भायनेट तुलसीपुर शाखा प्रमुख बिकास बस्याल र क्षेत्रीय प्रमुख सुरेन्द्र जिसिले राष्ट्रिय खो खो संघकी केन्द्रिय सदस्य उषा कवर र जिल्ला अध्यक्ष बालकृष्ण शाह लाई ५९ पिस खेलाडी हरुको लागि टिसर्ट , १५ पिस क्याप टोपी र १५ थान ट्रयाक सुट हस्तान्तरण गरेका हुन् ।
खेलकुद बाट मानिस स्वास्थ रहन सक्ने तथा खेलाडीहरुले राष्ट्रको शिर उच्च राख्न सक्ने क्षेत्र खेलकुद भएको हुँदा आफू हरुले खेलाडी हरुको हौसला शोरुप केहि सहयोग गरेको तुलसीपुर शाखा प्रमुख बिकास बस्यालले बताएका हुन् ।
यस्तै भोलि देखी तुलसीपुरको अरनिको खेल मैदानमा हुने खो_खो राष्ट्र खेलको सम्पुर्ण तयारी पूरा भैसकेको र विभिन्न प्रदेश तथा बिभाग बाट आउने सम्पुर्ण खेलाडीहरु तुलसीपुरमा आइसकेको समेत आयोजकले जानकारी दिएको छ ।