२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

तुल्सीपुरमा ठुलो धनराशि सहित मदन भण्डारी स्मृति फुटसल प्रतियोगिता हुँदै

दाङ, १ जेठ । राष्ट्रिय युवा सङ्घ तुलसीपुर ५ नम्बर वडाको आयोजनामा यही मिति २०८२ जेठ १६ र १७ गते मदन भण्डारी स्मृति फुटसल प्रतियोगिता हुन् लागेको छ ।

रचनात्मक कार्यक्रम मार्फत युवाहरूको नेतृत्वमा समाजलाई एकरुपता गराउनुका साथै स्थानीय खेलाडीहरूलाई परिचित र स्थापित गर्ने उद्देश्यले उक्त फुटसल प्रतियोगिता आयोजना गरीएको राष्ट्रिय युवा सङ्घ ५ नम्बर वडाका अध्यक्ष पारस मल्ल ठकुरीले जानकारी दिएका छन ।

लेजेन फुट्सल ग्राउन्डमा हुने उक्त प्रतियोगितामा विजेता टिमले नगत रु : ५० हजार , कप , मेडल र प्रमाण-पत्र हात पार्नेछ भने उपविजेता टिमले रु:२० हजार , कप , मेडल र प्रमाण-पत्र हात पार्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस