दाङ, २ जेठ । दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तालाबन्धि गरेको छ । आज बिहान ११ बजेको समयमा स्ववियु अध्यक्ष प्रमोद भणडारीको नेतृत्वमा गएको केहि टोलीले क्याम्पसमा तालाबन्धि गरेको हो । क्याम्पसको पिआइसी तथा क्याम्पस क्याफेटेरियामा काम गर्ने कर्मचारीलाई नै भित्रै थुनेर तालाबन्दी गरेपछी एकजना महिला कर्मचारी घण्टौसम्म भित्रै थुनिएकि थिईन ।
नेविसङ निकट स्ववियुका सिमित व्यक्तीले विज्ञप्तिमार्फत माग जारी गर्दै क्याम्पस प्रमुखको प्रवेशद्धारको गेट, किचेनलगाएत ४ ठाउँमा तालाबन्धि गरेका छन् । विभिन्न ८ बुदे माग राख्दै आफुहरुले तालाबन्धि गरेको राप्ती बबई क्याम्पस स्ववियु सभापती प्रमोद भण्डारीले बताएका छन । जस अन्तर्गत स्ववियुको कोष स्ववियुलाई नै हस्तान्तरण गर्नुपर्ने, क्याम्पस क्याफे सुधार गर्नुपर्नेलगाएतका माग राखिएको छ । यी माग पुरा नहुदासम्म ताला नखोल्ने उनको अडान छ । स्ववियुलाई नेपाल विद्यार्थी संघ बाहेक अरु कुनै विद्यार्थी संगठनले साथ दिएको छैन । तर तालाबन्धिको काममा आफुले समर्थन जनाएको नेविसंघ सभापति सभापती भिमार्जन बस्नेतले बताएका छन ।
TU ले जेठ ५ गतेबाट स्नातक चौथो वर्षको नियमित परीक्षा संचालन गर्दै छ भने प्रथम बर्षको परिक्षा फार्म खुलाएको छ । धेरै विद्यार्थी हरु परिक्षा लगायत फार्म भने लगायत आफ्नो प्रवेश पत्र लिने यो समयमा स्ववियुले गरेको तालाबन्दी विद्यार्थीको हित बिपरित भएको विद्यार्थी हरु बताउछन् ! यस्तै एक विद्यार्थीले क्याम्पस जस्तो पबित्र स्थानमा राजनीतिक गरिनु त्यहीँ माथी विद्यार्थीको अधिकारको निम्ति लड्छौ भने विद्यार्थी नेतृत्व संस्थाको हितविपरीत आफ्नो स्वार्थको लागी क्याम्पस नेतृत्वमाथी अप-शब्द प्रयोग गर्नु अनि परिक्षा सेन्टर सार्बजनिक हुने बितिकै एका-एक तालाबन्दी हुनु विद्यार्थीको निम्ति नरहेको समेत बताउछन् ।
यता स्ववियुले ताला लगाउदा आफ्नै पदाधिकारीलाई थाहा नभएको स्ववियुले क्याम्पसमा ताला लगाउदा आफ्नै पदाधिकारीलाई थाहा नदिएको पाइएको छ । कार्यसमिति बैठक नै नबसेर गरिएको तालाबन्दी फर्जी भएको भन्दै कार्यसमितिका सदस्यहरुले नै गुनासो गरेका छन् । प्रक्रिया नै पुरा नगरेर एक्कासी तालाबन्धि गर्नु बहुमतको दम्ब रहेको भन्दै स्ववियु सदस्य हेमन्त प्रकाश वलीले कार्यसमितिको निर्णयबिना तालाबन्दी गर्नु उचित नभएको बताएका छन । यसबाट उत्पन्न परिस्थितीको कुनैपनि जिम्मेवारी आफुले नलिने भन्दै उहाँले असुन्तुष्टी व्यक्त गरेका छन ।
के भन्छन क्याम्पस प्रमुख ? क्याम्पस प्रमुख गणेश पार्धेले सानो कुरालाई लिएर तालाबन्धि गरी सिंगो क्याम्पसको बदनाम गर्ने काम भएको उनले बताएका छन । अन्य कुनै प्रकृया नअनाई एक्कासी क्याम्पसमा ताला लगाउनु जाहेज नभएको भन्दै उनले यसबारे स्पष्टसँग बुझेर अगाडी बढ्ने बताएका हुन । अन्य जे जस्ता माग राखिएपनी परिक्षा केन्द्र सरेको विरोधमै तालाबन्धि भएको उनले बताएका हुन । केन्द्र तोक्ने कुरा आफ्नो क्षेत्राधिकार भित्र नरहेको बताउदै उनले यसमा अलि नियम कानुन बुझ्न स्ववियुलाई आग्रह गरेका हुन । हिजो मात्रै परिक्षा केन्द्र नारायणपुर तोकिएको कुरा सार्वजनिक भएपछी विद्यार्थीहरुमा एक किसिमको तरगं उत्पन्न भएको भन्दै उनले सोही कारण यो अवस्था सृजना भएको दाबी गरेका हुन । परिक्षा केन्द्र जहाँ भएपनी विद्यार्थीहरुलाई कुनै फरक नपर्ने उनको भनाई छ । हचुवाको भरमा जथाभावी तालाबन्धि गरेर क्युएई प्राप्त क्याम्पसको बेजत गर्नु राम्रो कुरा नभएको भन्दै उनले ताल लगाउनु नै समाधानको उपाए नभएकाले छलफल र संवादबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन ।