
दाङ, ७ जेठ । दाङको तुलसीपुरमा पहिलो पटक नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन भएको छ । तुलसीपुरस्थित नेपाली काँग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा भिमसेन लहरेको अध्यक्षता र नेपाली काँग्रेस तुलसीपुर उपमहानगरका सभापति सुरेश हमालको प्रमुख आथित्यतामा मंगलबार भएको प्रथम नगर अधिवेशनले धनराज रोकालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
रोका नेतृत्वको नगर कार्यसमितिमा उपाध्यक्ष सुमन ठाडा मगर, सचिव प्रकाश थापा, सहसचिव सुरेश सोमै मगर, कोषाध्यक्ष पबित्रा खनाल चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा शिवम गुप्ता, लक्ष्मण बस्नेत, प्रबेश राना, अनिस रोका र सुजन ठाडा मगर रहेका छन् । दाङ जिल्ला खेलकुद बिकास समितिका पूर्व जिल्ला कार्यसमिति सदस्य अनिल रिजालको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सुहजीकरण अर्का जिल्ला खेलकुद बिकास समितिका पूर्व सदस्य सञ्तोष लामिछानेले गरेका थिए ।