
दाङ, ९ जेठ । दाङको तुलसीपुरमा रहेका १० वटा भन्दा धेरै होटेलमा प्रहरीले आज छापा मारेको छ । होटेलमा छापा मारेर अबैध कृयाकलापमा संलग्न रहेको आरोपमा १७ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिएका हुन । उनका अनुसार तुलसीपुरको बसपार्कस्थित न्युरोडमा रहेको रुकमेली खलंगा गेष्ट हाउससहित सो क्षेत्रका १० भन्दा धेरै होटेलमा छापा मार्दा ६ वटा होटेलमा संकास्पद रुपमा बसेका १७ जनालाई पक्राउ गरिएको हो ।
जसमा होटेल सञ्चालकसहित ९ जना पुरुष र ८ जना महिला रहेको प्रहरी निरीक्षक रानाले बताएका हुन । उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको उनको भनाई छ । तुलसीपुरका होेटेलहरुमा विभिन्न किसिमका अबैध कृयाकलाप हुने गरेको व्यापक गुनासो आउन थालेपछी छापा मारेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तीहरुमाथी अनुसन्धान भइरहेकाले उनीहरुको नाम खुलाइएको छैन ।