२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

गायिका रचना रिमालको स्वास्थ्यमा आमस्या, अस्पताल भर्ना

दाङ, २६ जेठ । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् । सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएको हो ।

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो ।नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस