दाङ, १४ असार । लुम्बिनी प्रदेश मोटर ड्राइभिङ स्कुल संघको दोस्रो अधिवेशन शनिबार कपिलबस्तुमा सम्पन्न भएको छ । अधिवेशन तथा साधारण सभाले चार वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा प्रमोद थापा चयन भएका छन् । त्यसैगरी साबिक राप्ती क्षेत्रको प्रतिनिधित्व गर्दै दाङ तुलसीपुरका युवा व्यवसायी ऋषीराज लहरे (अरुण) प्रथम (वरिष्ठ) उपाध्यक्षमा निर्वाचित भएका छन् । भेरी क्षेत्रबाट सञ्जयकुमार बानिया र लुम्बिनी क्षेत्रबाट रियाज अहमद उपाध्यक्ष बनेका छन् । पदाधिकारीहरूमा सचिवमा सरोज पाण्डेय, सहसचिवमा सुशन वली र कोषाध्यक्षमा कृष्णप्रसाद बस्याल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा बादल केसी, सपना हमाल, गंगाबहादुर कवर, माया पाण्डे, लक्ष्मण पोख्रेल र सुमन पन्थ चयन गरिएका छन् ।
प्रकाशित मिति : २०८२ असार १४ गते शनिवार