काठमाडौ, १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक राजनीतिमा फर्किएको घोषणा गरेकी छन् । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । त्यसका लागि आफूले पार्टी सदस्यता नवीकरण गरेको पनि भण्डारीले बताइन् । पार्टीमा फर्केपछि आफ्नो विशिष्ट आकांक्षा नभएको पनि उनले बताइन् ।
पार्टी जिम्मेवारीमा फर्किएको घोषणाअघि भण्डारीले आफू राष्ट्रपतिबाट बाहिरिएको दुई वर्षको अन्तरालमा आफूले मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको उनले बताइन् । पार्टी राजीनीतिमा फर्किएको घोषणा गर्दै गर्दा भण्डारीले मदन भण्डारीको भनाइ सम्झिइन् ।