२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

ज्ञान जागरण मञ्चद्वारा बालबालिकालाई लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न

दाङ, २८ असार । ज्ञान जागरण मञ्च नेपाल तुलसीपुर दाङको आयोजनामा बालबालिकालाई लक्षित गर्दै एक दिने सचेतनामूलक कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । ज्ञान जागरण मञ्चका अध्यक्ष लिलाधर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा “बाल अधिकार, बाल श्रम शोषण र लागुपदार्थ दुर्व्यसन” विषयमा केन्द्रित सो कार्यक्रम तुलसीपुर ५ स्थित रामनगर टोल विकास संस्थाको भवनमा आयोजना गरिएको थियो ।

कार्यक्रममा बसपार्कदेखि दक्षिण र पश्चिम क्षेत्रमा पर्ने १० वटा टोल विकास संस्थाका अध्यक्षहरू सितानगर, ज्ञानज्योति मार्ग, ज्योती नगर, सुन्दरनगर, शान्तिनगर, संगीतनगर, रामनगर, नवशृजना, अम्बिकेश्वरी र सम्झना टोलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । साथै, १५० जना बालबालिकाहरूले कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएका थिए ।

बाल अधिकार, बाल श्रम तथा लागुपदार्थ दुर्व्यसनसम्बन्धी महत्वपूर्ण जानकारी तथा चेतनामूलक प्रस्तुती प्रशिक्षकको रुपमा सहायता केन्द्र नेपालकी सचिव तथा बाल अधिकारकर्मी मुना बिकले दिएकि थिईन । प्रशिक्षक निःशुल्क रुपमा उपलब्ध गराएकोमा ज्ञान जागरण मञ्चले सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज सेन्चुरीलाई विशेष धन्यवाद अर्पण समेत गरेको थियो ।

कार्यक्रमले बालबालिकामाझ सचेतना फैलाउनुका साथै अभिभावक तथा टोलस्तरका नेतृत्वकर्ताहरूलाई पनि जिम्मेवारीबोध गराएको आयोजक संस्थाले जनाएको छ ।

संस्थाका सदस्य करण परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भिमराज अधिकारिले गरेका थिए ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस