२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

समाचारप्रति आपत्ति, राष्ट्रिय युवा संघ लुम्बिनीका सचिव वलीद्धारा खण्डन

दाङ, ३१ असार । राष्ट्रिय युवा संघ, लुम्बिनी प्रदेश कमिटी नेपालका सचिव सन्तोष वलीले हालै नेपाल प्रेसमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेका छन् । संघका सचिव वलीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै, आफूविरुद्ध भूकम्प पीडितको नाममा आर्थिक अनियमितता गरेको भनी प्रकाशित समाचार निराधार, तथ्यहीन र दुराशयपूर्ण रहेको स्पष्ट पारेका छन् ।
उनका अनुसार संघको केन्द्रीय नेतृत्वले नै भूकम्प पीडित सहयोगका लागि राहत संकलन गर्न प्रदेश समितिहरूलाई निर्देशन दिएको थियो । जम्मा संकलन नगद ५० हजार रकममध्ये २२ हजार संगठनका अध्यक्ष सुरज खरेलको खातामा, पूर्व सचिव खेमराज शर्मालाई प्लेन टिकट ५ हजार २ सय र २२ हजार ८ सय जिन्सी सामान भूकम्प प्रभावित क्षेत्रमा युवा नेता पदम महरा मार्फत पठाएको उल्लेख गरेका छन् ।

उनले उक्त समाचारले आफ्नो सामाजिक जिवन समाप्त पार्नका लागि प्रयोजित रुपमा प्रकाशन गर्न लगाएको समेत आरोप लगाएका छन । उनले दाबी गर्दै भने, संगठनको १० औ महादिवेशनमा पार्टीको आधिकारिक सस्थापन पक्षलाई मैले साथ, सहयोग, समर्थन र एकीबद्धता समेतको भुमिका निर्वाह गरेको र सो कुरा अध्यक्ष सुरज खरेललाई अपाच्य भएको हुँदा पुर्वाग्रह साध्नको लागि मेरो चरित्र हत्या गरेको प्रष्ट छ । सचीव वलिले कमिटिमा आवश्यक परेमा पारदर्शी हिसाव किताव बुझाउन तयार छु । अध्यक्ष खरेलले नियोजित रूपमा कोरम नपुगेको बैठकबाट छानविन समिति बनेको भनी प्रचार गरेको प्रति भ्रममा नपर्न सबैमा अपिल गरेका छन ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस