२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

अमेरिका जानेक्रममा मृत्यु भएका डागिपरिवारलाई ६ लाख सहयोग

दाङ, १ साउन । अमेरिका जानेक्रममा बाटोमा मृत्यु भएका पुर्ब बहादुर डागिका परिवारलाई ६ लाख सहयोग हस्तान्तरण गरिएको छ ।

बिहिबार तुलसीपुरमा एक कार्यक्रमका बिच सो रकम नेपालि काग्रेस दाङका सभापति शंकरप्रसाद डागि,नगर सभापति सुरेश हमाल, वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकाल,युवा नेताहरु दुर्गाबहादुर खड्का र सन्तोष चौधरिको रोहबरमा पिडित परिवारका बुवा तेज बहादुर डागिलाई ६ लाख तिनहजार सातसय रुपैया हस्तान्त्रण गरिएको हो ।

अमेरिकामा रहेको राप्ति समाजका अध्यक्ष डिवि बहादुर रावतको सक्रियतामा सो रकम शंकलन गरिएको थियो । अमेरिकामा रहेका दाताहरुले डागि परिवारलाई सो रकम शंकलन गरेर काग्रेस दाङका पार्टि सभापति डागिलाई पठाएका थिए ।
गत फागुन २१ गते अमेरिका जानेक्रममा घानाको आका भन्ने स्थानमा ह्रदयघात भएर डागिको ३७ बर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस