२०८३ असोज ९ गते शुक्रवार | 2026 September 25th Friday

माया केसिको तीज गित ‘चट्टै माया लै लै’ सार्वजनिक

दाङ, १० साउन । तुलसीपुरबाट शनिबार तीज गित ‘चट्टै माया लै लै’ सार्वजनिक भएको छ । गितको भिडियो छायाँंकनको काम सबै तुलसीपुरकै युवाले गरेका हुन । मोडलिङ गर्ने युवा युवती पनि सबै तुलसीपुर क्षेत्रकै हुन ।
रोशन वलीले शंकलन गरेको यो तीज गितमा भागिरथ चलाउने र माया केसीको स्वर छ । गितमा निर्देशन झग्गु भण्डारीको छ । गितमा प्रमुख मोडलिङको पुरुष भूमिकामा एचआर मगर र माया केसी छ्न भने संगितको संयोजन खेमराज गौतमको रहेको छ ।

तुलसीपुर उपमहानगरपालिका – ११ मोतिपुरको भाइरल झोलुङ्गे पुलमा दृष्य छायाँकन गरिएको छ । बबई नदी किनारको त्यो दृष्य निकै सुन्दर देखिएको छ ।
गित सार्वजनिक कार्यक्रम ब्ल्याक डायमण्ड फिल्म्स प्रालिका संचालक झग्गु भण्डारीको अध्यक्षतामा भएको हो ।
नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नेपाल चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुन, गायीका माया केसी लगायतले नयाँ तीज गित ल्याउने टिमलाई सफलताको शुभकामना दिदै भविश्यमा पनि मौलिकता र सृजनालाई निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी केबी वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस