२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

नवनियुक्त मन्त्री पाण्डेद्वारा सपथ ग्रहण

बुटवल , १२ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनलाई सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, प्रदेशका मन्त्री लगायतको उपस्थितिमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ ग्रहण गरे ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गरेका थिए । यसअघि यो मन्त्रालय मुख्यमन्त्री मातहत थियो । नवनियुक्त मन्त्री पाण्डे लोकतान्त्रिक समाजवादी पार्टी (लोपमा) का लुम्बिनी प्रदेश संसदीय दलका नेता हुन् । उनी यसअघिको सरकारमा प्रदेशको गृहमन्त्री थिए ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस