दाङ, ३० साउन । द नेस्ट एजुकेसन कन्सल्टेन्सी प्राली काठमाडौंको शाखा तुलसीपुरबाट सञ्चालनमा आएको छ । उच्च शिक्षाका लागि विदेशमा पढ्न जाँदा जान्नुपर्ने ज्ञान स्थानीय स्तरमै सिकाउने उद्देश्यले २१ वर्षअघि स्थापना भएको संस्थाले १९ औं शाखाको रूपमा शुक्रबारदेखि दाङ तुलसीपुरबाट आफ्नो सेवा सुरु गरेको हो ।
शाखाको उद्घाटन द नेस्ट एजुकेसन कन्सल्टेन्सी प्राली काठमाडौंका प्रमुख कार्यकारी अधिकृत शालीकराम भण्डारी, तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह र समाजसेवी खिम बहादुर केसीले संयुक्त रूपमा गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि शाहले कन्सल्टेन्सी व्यवसाय पारदर्शी र विधि सम्मत रूपमा सञ्चालन गर्न आग्रह गरेका हुन । उनले कन्सल्टेन्सी व्यवसायमा विभिन्न समस्या देखिएको भन्दै ती समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न सञ्चालकहरुलाई आग्रह गरेका हुन ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत शालीकराम भण्डारीले संस्थाले विभेदरहित र तथ्यपूर्ण जानकारी प्रदान गर्ने लक्ष्य राखेको बताएका हुन । उनले व्यापारिक मुनाफा भन्दा विद्यार्थीलाई सही मार्गदर्शन दिन संस्था केन्द्रित रहने स्पष्ट पारेका हुन ।
बजारमा हल्ला भए जस्तो नभई संस्था निति र विधिसम्मत सञ्चालनमा रहेको बताएका हुन । उनले भने,- “कन्सलटेन्सी व्यवसायमा नेपालमा सबैभन्दा धेरै कर बुझाउने संस्था हो । हामी विद्यार्थीलाई विदेश कमाउन होइन पढ्न जाने वातावरण निर्माणका लागि उचित परामर्श दिँदै आएका छौँ । ”
संस्थाको अष्ट्रेलीयामा २ शाखा र श्रिलङ्का तथा फिलिपिन्समा एक/एक अन्तराष्ट्रिय शाखा रहेका छन् । स्थानीय युवाहरूको शैक्षिक अवसर र वैदेशिक अध्ययनको माग बढेपछि पश्चिम नेपालमा नेपालगञ्जपछि दाङको तुलसीपुरमा शाखा विस्तार गरिएको हो । शाखा विस्तार भएसँगै विदेश पढ्न चाहने विद्यार्थीहरू परामर्श लिनका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
विदेशमा पढ्नका लागि उपयुक्त देशको छनोट, अध्ययनका लागि मेहेनत र इमानदारीताका विषयमा उच्च तहको परामर्श आवश्यक पर्ने भएकाले सोही अनुसारको कक्षा व्यवस्था गरिएको तुलसीपुर शाखा प्रमुख सजलजंग केसीले जानकारी दिएका हुन । अष्ट्रेलिया, न्यूजिल्यान्ड, युके, क्यानडा, अमेरिका लगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई उचित परामर्श तथा आएल्स, पिटिइ कक्षा तथा नैतिक शिक्षासहितका कक्षाहरू सञ्चालन गरिने छ ।
केसीका अनुसार हालसम्म सञ्चालनमा रहेका कन्सलटेन्सीभन्दा उच्च तहको व्यवस्थापनसहित सुरु भएको यो संस्थामा ६ जनाले अहिले प्रत्यक्ष रोजगारी पाएका छन् । कार्यक्रमको सहजीकरण सोमराज बस्नेतले गरेका थिए ।