२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

रोल्पाबाट वडाध्यक्ष सहितको टोली दाङ आएर बाँड्यो भत्ता

रोल्पा, १ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष थमबहादुर घर्ती सहितको टोलीले अस्थाई रुपमा दाङ बस्दै आएका वडावासिहरुलाई दाङमै पुगेर भत्ता वितरण गरेको छ ।

शनिवार अध्यक्ष घर्तीसहित वडा कृषी प्राविधिक खिमान खड्का, गाउँपालिका अध्यक्ष जनक पुनको निजी सचिवालय प्रमुख पारशमणी गिरी , वडाका स्थानीय समाजसेबी तिलबहादुर भण्डारी र दिलबहादुर घर्ती भत्ता वितरण गर्न दाङ आएका थिए ।

लिवाङस्थित कार्यालय बाट दाङ आएर शनिबार सामाजिक सुरक्षा भत्ताका साथै ५ बर्ष मुनिका बालबालिकाको बाल पोषण भत्ता , अपाङ्गता भत्ता र एकल महिला भत्ता वितरण गरिएको हो ।

अस्थायी रुपमा दाङ बस्दै आएका २५ जना जतिलाई वडाध्यक्षसहितको कर्मचारीको टोलीले भत्ता वितरण गरि फर्किएको हो । वडा अध्यक्ष घर्तीका अनुसार बर्षाको समय भएको हु्ँदा सेवाग्राही दाङ बाट वडा कार्यालयसम्म पुग्न सास्ती हुने भएको हुँदा अस्थायी रुपमा दाङ बस्दै आएकाहरुलाई दाङमै आएर भत्ता वितरण गरिएको हो ।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस