२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

क. देबु बस्नेत : विद्यार्थी राजनीतिदेखि राष्ट्रिय युवा सङ्घ लुम्बिनी प्रदेश इञ्चार्जसम्मको यात्रा

देश २०५२ पछि जनयुद्धको अस्थिरताबाट गुज्रिरहेको समय, एकातिर वाईसियलको हैकमवाद, अर्कोतिर २०६२/६३ को जनआन्दोलनपछि उत्पन्न राजनीतिक द्वन्द्वका बीच, शिरमा कपन बाँधेर नेकपा एमालेमा संगठित हुँदै विद्यार्थी आन्दोलनमा होमिएका क. देबु बस्नेत अहिले राष्ट्रिय युवा सङ्घ लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी सम्हालेका छन् । स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय बस्नेत २०६३ सालमा बिजौरी बिद्यापीठको कमिटी अध्यक्ष हुँदै २०६४ मा संस्कृत विश्वविद्यालय केन्द्रीय सचिवालय सदस्य बनेसँगै औपचारिक विद्यार्थी राजनीतिक यात्रा सुरु भएको हो ।

बस्नेत २०६५ सालमा राष्ट्रिय युवा सङ्घ मानपुर गाविस कमिटी अध्यक्ष, २०६८ मा जिल्ला कमिटी सदस्य, २०७० मा तुलसीपुर उपमहानगर कमिटी अध्यक्ष हुँदै दाङ जिल्ला कमिटी अध्यक्षसम्म जिम्मेवारीमा अघि बढ्दै गए ।

युवा सङ्घको कमजोर अवस्थामा दाङ जिल्लामा पूर्वको कालाकाटेदेखि पश्चिमको गङ्गेटेसम्म हजारौँ युवालाई संगठनमा गोलबन्द गर्दै बस्नेतले युवा सङ्घलाई ‘युवा उत्पादन गर्ने कारखाना’ का रूपमा स्थापित गरेको उनका सहकर्मीहरू बताउँछन् । स्थानीय, संघीय र प्रदेश चुनावदेखि लिएर अन्य विभिन्न अभियानमा उनले युवालाई सक्रिय रूपमा नेतृत्व गरेका थिए ।

२०७५ जेठ २ गते नेकपा माओवादी र नेकपा एमाले एकीकरणपछि उनी दाङ जिल्ला सम्योजक बने, एकता विघटनपछि बस्नेत पुनः जिल्ला अध्यक्ष, हुँदै युवा सङ्घको  केन्द्रीय सचिवालय सदस्य, थाई कमिटी सदस्य हुँदै दाङ जिल्ला इञ्चार्जको जिम्मेवारीमा निरन्तर सक्रिय रहिरहे । हाल उनि राष्ट्रिय युवा सङ्घका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्जको भूमिका निर्वाह गर्दै आएका छन् । 

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गते भक्तपुर सल्लाघारीमा उद्घाटन भई काठमाडौंको भृकुटीमण्डपमा मंसिर २९ गतेसम्म “निर्माणको संकल्प, समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य” भन्ने नारासहित सम्पन्न हुँदैछ ।

दाङ जिल्लाबाट पदाधिकारीको सर्वसम्मत निर्णयअनुसार २३ जना महाधिवेशन प्रतिनिधि चयन गरिएका छन् । सबै प्रतिनिधिहरूलाई पार्टी नेतृत्वले बधाई तथा शुभकामना व्यक्त गरेको छ । देबु बस्नेतको सदस्यता सम्बन्धी भ्रामक प्रचारप्रति प्रति बस्नेतले दुख ब्यक्त गर्दै सत्य बुझेर प्रचार गर्न अनुरोध गरेका छन ।

महाधिवेशन प्रतिनिधि चयनको क्रममा केही व्यक्तिहरूले बस्नेतको पार्टी सदस्यता २०७७ सालमा लागेको भन्ने दाबी गर्दै गलत जानकारी प्रचार गरेको विषयमा बस्नेतले स्पष्टीकरण दिएका छन् । उनका अनुसार, पार्टी सदस्यता २०६७ साल मंसिर १ गते नै लिइसकिएको तथ्य पार्टी अभिलेखमा स्पष्ट रहेको छ । सदस्यता उपलब्ध गराउने नेतृत्वमा रहेका भागवत विश्वकर्मा देवराज बिश्वकर्मा र शेरबहादुर खड्कालाई उनले आभार व्यक्त गर्दै, तथ्यविहीन प्रचारमा नलाग्न सबैलाई आग्रह गरेका छन् ।

क्षेत्र नं. २ बाट युवा प्रतिनिधि कोटामा पार्टीले आफूलाई विश्वास गरेर चयन गरेकोमा उनले “हार्दिक कृतज्ञता” व्यक्त गरेका छन् । बस्नेतले सत्य तथ्य बुझेर मात्रै कुनै पनि सूचना प्रचार–प्रसार गर्न आग्रह गरेको बताए ।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस