२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

बदलिँदो पुस्ताको एउटै विश्वास नेतृत्वमा शंकर पोखरेल

आजको समाज निरन्तर समय संगै परिवर्तनशील छ । पुस्ताहरूका सोच, अपेक्षा र प्राथमिकताहरू समय अनुसार फेरिंदै जान्छन् । तर परिवर्तनशील समयको बीचमा पनि केही व्यक्तिहरू यस्ता हुन्छन्, जो आफ्ना नियमित कार्यशैली, स्पष्ट दृष्टि र व्यवहारिक नेतृत्वका कारण धेरै पुस्ताको ध्यान र विश्वास आफु र आफ्नो नेतृत्व प्रति आकर्षित गर्न सक्षम रहन्छन् । 

अझ भनि हो भने आजको पुस्ता गति, डिजिटल ऊर्जा र नवप्रवर्तनले भरिएको छ । भने हिजोको पुस्ता अनुभव, धैर्य र जिम्मेवारीले समृद्ध थियो ।

अहिले दुवै पुस्ताको बाटो अलग देखिए पनि समग्र लक्ष्य एउटै हो—देश, समाज र जीवनलाई राम्रो दिशामा लैजाने । हिजो पुस्ताले पुल, बाटो, विद्यालय , संरचना लगायतमा विकास देख्थ्यो तर समय संगै आजको पुस्ताले संरचना मात्र होईन समानता, अवसर, डिजिटल ज्ञान, पारदर्शिता र स्वतन्त्र सोचमा पनि विकास संग जोड्ने गर्दछ ।

तर उद्देश्य भने उस्तै छ: ‘मेरो पुस्ताले पाएन, तर आउने पुस्ताले पाओस् ।

हामीले भोगेका कमजोरी, उनीहरूले नभोगून् ।’

हो´ पछिल्लो समय नेपाली राजनीतिक जगतमा शंकर पोखरेल एउटा यस्तो नाम बाट परिचित एक नेता हुन् , जसले आफ्नो क्षमतालाई समयअनुसार परिभाषित गर्दै सबै पुस्ताको बिश्वास जितदै समय अनुसार समाज र राष्ट्र लाई अघि बढाउन ठुलो भुमिका निर्वाह गर्नु भएको छ ।

* पोखरेलको नेतृत्व शैली र दीर्घकालीन दृष्टि

राजनीतिमा स्थिरता, स्पष्ट योजना र दीर्घकालीन दृष्टिकोण अत्यन्त महत्वपूर्ण हुन्छ । शंकर पोखरेलको राजनीतिक यात्रा गहिरो गरी अध्ययन गर्ने हो भने प्रष्ट देखिन्छ कि उहाँले विकास, शिक्षा, पूर्वाधार, सुशासन र संस्थागत सुधारजस्ता विषयहरूमा निरन्तर ध्यान दिएर अघि बढ्ने प्रयास गर्नुभएको छ ।

जसको महत्त्वपूर्ण भुमिकाले पुस्ताहरू परिवर्तन भए पनि सुस्पष्ट योजनाबद्धता नेतृत्वप्रति भरोसाको आधार बनिरहेको छ ।

* कामलाई प्राथमिकता दिने छवि

समाज संगै राष्ट्रले नेताबाट अपेक्षा गर्ने मुख्य कुरा हो, कामको नतिजा । राजनीतिमा के भन्ने होइन, के गरेर देखाउने भन्ने नै दीर्घकालीन भरोसाको कारण बन्छ । उनको सोच भावनात्मक भन्दा पनि वैज्ञानिक रहन्छ, तथ्य र तर्कमा आधारित विश्लेषण गर्ने शैलीले गर्दा नै उनको नेतृत्वले लुम्बिनी प्रदेशलाइ सुशासनको एक उल्लेखनीय मोडेल निर्माण गर्न सफल बनायो । हामी लाई थाहा छ जब देशका अन्य प्रदेशहरू पूँजीगत खर्चमै पछि परिरहेका बेला सीमित स्रोतसाधनका बीच लुम्बिनी प्रदेश लाई ‘नमुना प्रदेश’ बनाउने उपलब्धि आफैमा एक गहिरो राजनीतिक प्रशासनिक क्षमता हो । यस्ता विभिन्न तहमा शंकर पोखरेल निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाबाट पोखरेललाई कामलाई प्राथमिकता दिने नेताको रूपमा हेर्न सकिन्छ । यस्ता विभिन्न समयमा आफु नेतृत्व हुँदा होस् यात न हुँदा पनि उनले गरेका महत्त्वपूर्ण योजनाले बदलिँदो युवा पुस्तामा पोखरेलको काम गर्ने शैलीले पोखरेलको नेतृत्व प्रति युवा उत्साहित देखिन्छ । उनको काम गर्ने छविले युवा पुस्ताको बिश्वास अझै धेरै जितिरहेको छ ।

* बदलिँदो युवापुस्ता सँग संवाद र पहुँच

आजका युवाहरू सक्रिय, प्रश्न गर्ने, विश्लेषण गर्ने र जवाफ खोज्ने पुस्ता हुन् । उनि भन्ने गर्नुहुन्छ “युवापुस्तासँग संवाद र पहुँच बढाउनु भनेको केवल कुरा सुन्नु मात्र होइन, उनीहरूको भावनालाई ग्रहण गर्नु, उनीहरूले देखेको भविष्यलाई सम्मान गर्नु र उनीहरूलाई निर्णय प्रक्रियाको केन्द्रमा राख्नु हो । यही विभिन्न  पुस्ताको प्रतिनिधित्व गर्न सक्ने शंकर पोखरेलको क्षमताले धेरै पटक उपलब्ध, पहुँचयोग्य र संवाद गर्न तयार नेताका रूपमा लिन सकिन्छ ।

उनले एउटा भनाइ छ ! आजका युवालाई बेवास्ता गर्ने नेतृत्व कमजोर बन्छ, तर युवाको विचार, सीप र उत्साहलाई सही दिशामा अघि बढाउने नेतृत्व समृद्ध बन्न समय लाग्दैन । हो आजको डिजिटल पुस्ता गतिशील छ, नेतृत्व संग तसर्थ संवाद पनि खुलेर, सरल भाषामा र समयअनुसार हुनुपर्छ भन्ने सोच राखेको हुन्छ । पोखरेल त्यस्तो नेतृत्व हुन जो त्यहीँ विचारमा उनको सहभागिता रहन्छन् जसले  युवासँगको सम्बन्ध मजबुत बनाउदै भोलिका पुस्ताहरूमा पनि उनि प्रतिको विश्वास कायम राख्न ठुलो मद्दत पुर्‍याउँद छ ।

* अनुभव र आधुनिक सोचको संयोजन

अनुभव राजनीतिक नेतृत्वको मूल आधार हो, तर आधुनिक सोच र नयाँ पुस्ताको आवश्यकतासँग मेल खानु पनि उतिकै महत्त्वपूर्ण रहन्छ । अनुभव र आधुनिक सोचको संयोजन भनेको पुस्तापिच्छे बगिरहेको ज्ञान, ऊर्जा र कल्पनाशक्तिको सुन्दर मिलन हो । अनुभवी पुस्ताले देखाएका आधारभूत मूल्य, परम्परा र विवेकले संसारलाई स्थिरता दिन्छ; आधुनिक सोचले डिजिटल गति, वैज्ञानिक दृष्टि र नयाँ सम्भावनाको ढोका खोल्छ ।

दुवै हात समातेर अघि बढ्दा मात्र समाजले सन्तुलित, दिगो र न्यायपूर्ण भविष्य निर्माण गर्न सक्छ । यो संयोजन नेतृत्वदेखि विकाससम्म हरेक क्षेत्रमा परिवर्तनको बलियो सूत्र हो ।

शंकर पोखरेलको कार्यशैलीमा अनुभव र नयाँ पुस्ताको ऊर्जा दुवैलाई जोडेर लैजान सक्ने सुदृष्ट क्षमता छ । जसले समाज र समय बदलिदै गए पनि नेतृत्वमा भएको  अनुभवसहितको लचकदार सोचले हरेक पुस्ताको भरोसा कायम राख्दछ ।

* आलोचना स्वाभाविक, तर निरन्तरता महत्त्वपूर्ण

नेपालको राजनीतिक र सामाजिक यात्रा कहिल्यै सरल भएको हुदैन । नेतृत्वमा जो-जो पुगे, सबैले आलोचनाको तुफान र समर्थनको शीतल हावा सँगै आफ्नो बाटो निरन्तर कोरीरहे त्यसमध्ये शंकर पोखरेल जसले एउटा कुरा बारम्बार दोहोर्‍याउँदै भन्ने गर्छन  ?आलोचना स्वाभाविक हो, तर निरन्तरता नै असली शक्ति बन्द छ ।

नेपालको राजनीतिमा शंकर पोखरेलको यात्रालाई हेर्ने हो भने, उहाँको निरन्तरता, योजनाबद्धता र दीर्घ सोचको पक्षधर नेता मानिन्छन । आलोचना र समर्थन दुवै उनले खुलेर स्वीकार गरे पनि, काम र कार्यशैली रोक्नु हुँदैन भन्ने मान्यता सधैँ उनको प्राथमिकतामा रह्यो । जसले देशको विकास दीर्घ योजनाले मात्र सम्भव हुन्छ, र दीर्घ योजना निरन्तरताले मात्र सम्भावना छ´ भने सन्देश उहनले जुन युवादेखि राजनीतिक कार्यकर्तासम्मलाई दिनेगर्नु हुन्छ । जसले गर्दा युवा पुस्तामा निरन्तरता र कामको अनुशासनप्रति प्रेरित गर्दै आफ्नो यात्रामा निरंतरता दिन ठुलो मद्दत गर्दछ । पोखरेलको त्यहीँ  क्षमता हो जसले युवा पुस्ता र समग्र मुलुकको बिश्वास जिति रहेको छ ।

* बदलिँदो पुस्ताको अपेक्षा बुझ्ने क्षमता

अधबैसका पुस्ता, परिवार मुखी पुस्ता र नयाँ डिजिटल पुस्ता सबैका माग र चासोहरू फरक हुन्छन् । व्यवहार र प्राथमिकता लाई हेर्ने हो भने आजको पुस्ता डिजिटल, सचेत र बहुआयामिक सोच बोकेको पुस्ता मानिन्छ पहिलेका पुस्ताभन्दा धेरै फरक अपेक्षा राख्छ । तर नेतृत्वले सफल हुने हो भने यहीँ पुस्ताको भावना गहिरोसँग बुझ्न सक्नुपर्छ ।

समयको निरन्तर यात्रामा पुस्ता बदलिन्छ, सोच बदलिन्छ, र नेतृत्वप्रतिको अपेक्षासमेत रूपान्तरित हुँदै जान्छ । आजको पुस्ता पुर्ण डिजिटल प्रविधिमा प्रशिक्षित, विश्वव्यापी सोचको सम्पर्कमा, स्वतन्त्र निर्णय गर्न चाहने र आलोचनात्मक चेतनाले भरिपूर्ण छ । पहिलेका पुस्ताभन्दा धेरै फरक छ । तर राजनीति भने अझै पनि पारम्परिक शैली, पुरानो संरचना र दशकौँ पुराना सोचहरूको प्रभावमा चलिरहेको छ । यही अन्तराललाई आज धेरैले “पुस्ताबीचको दूरी”, र यस दूरीलाई घटाउन आवश्यक संयन्त्रलाई “राजनीतिक पुल” को संज्ञा दिएका छन् ।

नेपालको सामाजिक र राजनीतिक विकास आज एक महत्वपूर्ण मोडमा उभिएको छ । देशको नेतृत्व संरचना अझै पनि परम्परागत राजनीतिक शैलीमा आधारित छ भने, अहिलेको पुस्ताले आधुनिक सोच, डिजिटल पहुँच, आलोचनात्मक चेतना र तर्कसंगत विश्लेषणलाई आफ्नो पहिचान बनाएको छ ।

यही परिस्थितिमा शंकर पोखरेलजस्ता नेताको प्रसङ्गले विशेष स्थान पाउँछ किनकि उनले बदलिँदो पुस्ताको मनोवृत्ति बुझेर राजनीति र बदलिँदो युवा पुस्ता बीच पुल निर्माण गर्नुपर्ने आवश्यकतालाई बारम्बार उठाउँदै आइरहनु भएको छ । यसको मुख्य कारण पोखरेलको युवालाई विकास, परिवर्तन र राजनीतिक स्थायित्वका केन्द्रमा राखेर बोल्ने र काम गर्ने सुदृष्ट प्रवृत्ति हो ।

अन्तमा!!

समय बदलिरहेको छ । पुस्ताहरू बदलिइरहेका छन् ।

तर केही व्यक्तिहरू समयअनुसार आफूलाई अनुकूल बनाउँदै, काम र व्यवहारिक नेतृत्व मार्फत निरन्तर विश्वास कमाउन सफल हुन्छन् । शंकर नाम त्यस्ता केही नाममध्ये एक नाम हो जसलाई हरेक पुस्ताले “समयसँगै बदलिँदो पुस्ताको एउटै विश्वास” भनेर वर्णन गर्छन् । हो´शंकर नाम राजनीतिक नेताको नाम मात्र होईन यो त युवा पुस्ताको बिश्वास , भरोसा र आशाको दियो पनि हो । जसले हरेको पुस्ताको भावना , दक्षता , सीप र क्षमतालाई प्राथमिकता दिने गर्दछ । त्यहीँ कारण शंकर पोखरेल बदलिँदो पुस्ताको बिश्वासको पात्र हुन,,,,

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस