दाङ, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर नगर सभापतिमा जीवन भण्डारी चयन भएका छन् । तुलसीपुरमा सम्पन्न नगर भेलाले भण्डारीको नेतृत्वमा १५ सदस्यीय पालिका तदर्थ समिति गठन गरेको हो । भेलाबाट पार्टी संगठन विस्तार र स्थानीय तहमा जनआधार मजबुत बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरिएको हो ।
नवगठित समितिको उपसभापतिमा निर्मला वली (केसी), सचिवमा कमल बस्नेत, सहसचिवमा टंक नेपाली र कोषाध्यक्षमा राजन भण्डारी चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा शोभा सुवेदी, पार्वती आचार्य, पहलमान रावत, सुमन विश्वकर्मा, वसन्त खत्री, रामबहादुर डाँगी, अर्जुन लामिछाने, नारायण प्रसाद केसी र भेषराज आचार्य चयन भएका छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते शनिवार