२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

भम्के खोलाको पुल शिलन्यास सम्पन्न, सवा एक करोडको लगानीमा निर्माण हुने

दाङ, २९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत खैरीपुर–अस्वार जोड्ने खैरीपुरस्थित भम्के खोलामा निर्माण हुन लागेको पुलको शिलन्यास सम्पन्न भएको छ । वडा अध्यक्ष भिम योगीको पहलमा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष ०८२/०८३ को बजेटबाट करिब सवा एक करोड रुपैयाँको लागतमा उक्त पुल निर्माण हुन लागेको हो । आज एक औपचारिक कार्यक्रमबीच पुलको शिलन्यास गरिएको हो ।

शिलन्यास कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष भिम योगीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्का प्रमुख अतिथिका रूपमा सहभागी रहेको थियो ।

त्यसैगरी, वडा नं. ३ का वडा अध्यक्ष विजय वि.क. तथा वडा नं. ८ का वडा अध्यक्ष धर्म ओली विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण वडा नं. २ का वडा सचिव सन्तोष न्यौपानेले गरेका थिए । पुल निर्माण सम्पन्न भएपछि खैरीपुर–अस्वार क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहजता हुने र समग्र क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस