दाङ, २४ फागुन । दाङ – २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शंकर पोख्रेल लाई जिताउन नसकेको भन्दै नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य दिनेश आचार्यले राजिनामा घोषणा गरेका छन् ।
घोराही उपमहानगरपालिकाब- १२ घर भई हाल घोराही – १५ मा बसोबास गर्दै आएका आचार्यले शंकर पोख्रेलको पराजयपछि आफूले नैतिक जिम्मेवारी लिँदै जिल्ला कमिटी सदस्य पदबाट राजिनामा दिएको बताएका हुन् ।
यद्यपि, उनले नेकपा एमालेको संगठित सदस्य भने कायम रहने स्पष्ट पारेका छन् ।
प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार