२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

दाङ भ्याली यातायात लमहीको संयोजकमा चौधरी

दाङ, ७ चैत । दाङ भ्याली यातायात प्रा.लि. लमही शाखाको संयोजकमा धनीराम चौधरी सर्वसम्मत रुपमा चयन भएका छन । संस्थाका अध्यक्ष महेन्द्र महराको अध्यक्षतामा शनिबार लमहीमा बसेको विशेष व्यवसायीक भेलाले नयाँ कार्यसमिति गठन गरेको हो । 

शाखाको सह-संयोजकमा शिबुु चौधरी, महिला सदस्यमा राम कुमारी चौधरी, सदस्यहरुमा शिव कुमार भण्डारी, सीताराम चौधरी, दुबिलाल चौधरी, मनोज चौधरी, सुनुवा चौधरी चयन भएका छन् भने कार्यालय कर्मचारीमा संगीता चौधरीलाई नियुक्त गरिएको छ । 

सो अवसरमा यातायात प्रा.लिको संस्थागत संरचना मजबुद हुँदै गएको र व्यवसायीहरूका दुर्घटना व्यवस्थापनमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष महराले चर्चा गरेका हुन । जिल्लाभर संस्थाका ५ वटा शाखाहरु सञ्चालमा रहेको उनले बताएका हुन । भेलामा हालसम्म भएका गतिविधिको समीक्षा गरिएको थियो भने संस्थाको आगामी योजना समेत प्रस्तुत गरिएको थियो ।  

दाङ भ्याली यातायात प्रा.लिमा जिल्लाभर एक हजार बढी तीन पाङ्ग्रे सवारी साधन आबद्धता लिई सञ्चालनमा रहेका छन् । देउखुरी क्षेत्रमा १ सयको हाराहारीमा संस्थामा तीन पाङ्ग्रे सवारी साधनले दर्ता आबद्धता लिएका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस