२०८३ बैशाख १२ गते शनिवार | 2026 April 25th Saturday

विश्वकप लिगमा नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य

काठमाडौँ,१२ बैशाख । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा युएईलाई नेपालले २ सय १ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २ सय रनमा अलआउट भयो।नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरिले उत्कृष्ट ब्याटिङ गरेका हुन ।

उनले ९० बलमा ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रन गरेका हुन । नेपालका ओपनर कुशल भुर्तेल २४ रनमा आउट भएका हुन । बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले समान १५ र भिम सार्कीले १० रन थप्नु भएको थियो । आशिफ शेखले ७ र कप्तान रोहित पौडेलले २ रन बनाएका थिए । अब युएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : २०८३ बैशाख १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस