२०८३ बैशाख २७ गते आइतवार | 2026 May 10th Sunday

हापुरेमा १ करोड ५० लाख लगानीमा अत्याधुनिक मार्बल शोरुम सञ्चालन

दाङ,२७ बैशाख । दाङको बबई गाउँपालिका – ५ स्थित हापुरे बजारमा अत्याधुनिक सुविधासहितको ‘हापुरे मार्बल प्रा.लि. (कजारिया शोरुम)’ सञ्चालनमा आएको छ । स्थानीय युवा उद्यमी तुलसी राम सुवेदी, धन बहादुर खड्का, मनोज वली र सन्जोग सुवेदीको संयुक्त लगानीमा शोरुम सञ्चालनमा ल्याइएको हो ।

करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त शोरुममा विश्वप्रसिद्ध ‘कजारिया’ ब्राण्डका मार्बल, टायल तथा स्यानिटरी सामग्री उपलब्ध हुने सञ्चालकहरूले बताएका छन् ।

शोरुम उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालकहरूले अब यस क्षेत्रका नागरिकले गुणस्तरीय मार्बल तथा टायल खरिद गर्न तुलसीपुर वा घोराही धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । स्थानीयस्तरमै सुलभ मूल्यमा उच्चस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यसहित व्यवसाय सुरु गरिएको उनीहरूको भनाइ छ ।

शोरुम सञ्चालनसँगै बबई क्षेत्रको व्यावसायिक गतिविधिमा टेवा पुग्नुका साथै स्थानीय युवालाई रोजगारीको अवसर समेत सिर्जना भएको विश्वास लिइएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस