२०८३ असोज १ गते बिहिवार | 2026 September 17th Thursday

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा बिहानको खाजा सेवा

दाङ, १३ साउन । आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै तुलसीपुर उपमहानगरपालिका ८, दुधेना निवासी तथा हाल रोजगारीको सिलसिलामा अमेरिकामा रहेका सुमन अधिकारीले मानव सेवा आश्रम, तुलसीपुर शाखामा आश्रितहरूका लागि बिहानको खाजा सेवा प्रदान गरेका छन् ।

विदेशमा रहेता पनि जन्मदिनको अवसरमा समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्दै अधिकारीले आश्रममा आश्रित मानवहरूको सेवाका लागि बिहानको खाजाको व्यवस्था गरेका हुन् । यस्ता सेवामूलक कार्यले जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी सामाजिक सद्भाव र मानवताको सन्देश फैलाउने विश्वास समेत व्यक्त गरिएको छ ।

उक्त कार्यक्रममा सुमन अधिकारीकी श्रीमती अनिता अधिकारी, छोरा आयुस अधिकारी, छोरी आयुस्मा अधिकारी, दिदी डिला श्रेष्ठ तथा भाइ के.बी. वलीलगायत परिवारजनको सहभागिता रहेको थियो । मानव सेवालाई नै सबैभन्दा ठूलो धर्म मान्दै जन्मदिन जस्ता विशेष अवसरमा आश्रममा सहयोग गर्ने संस्कारले समाजमा सकारात्मक प्रेरणा फैलाउने अपेक्षा समेत गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस