२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

जनप्रतिनिधि, शिक्षक, कर्मचारी र पत्रकारबीच खुल्ला मैत्रीपूर्ण ‘पुरुष खसी कप’ प्रतियोगिता हुने

दाङ, १२ साउन । फेलोसिप ट्रेनिङ सेन्टर, तुलसीपुर ९ बेलुवा, दाङको आयोजनामा जनप्रतिनिधि, शिक्षक, कर्मचारी र पत्रकारबीच खुल्ला मैत्रीपूर्ण ‘पुरुष खसी कप’ प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । विभिन्न पेशामा आबद्ध व्यक्तिहरूबीच आपसी सद्भाव, मित्रता, सहकार्य तथा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनकारी दिएको छ । 

प्रतियोगिताको उद्घाटन २०८३ साल साउन १७ गते आइतबार फेलोसिप ट्रेनिङ सेन्टर, तुलसीपुर ९ बेलुवास्थित खेलमैदानमा गरिनेछ । प्रतियोगितामा जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा पत्रकारहरूको सहभागिता रहने अपेक्षा समेत गरिएको छ ।

फेलोसिप ट्रेनिङ सेन्टर, तुलसीपुर ९ बेलुवाका सञ्चालक राजु यरीका अनुसार प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीका लागि टिम दर्ता शुल्क रु. ३,००० निर्धारण गरिएको छ । इच्छुक टोलीहरूले समयमै आफ्नो नाम दर्ता गराई प्रतियोगितामा सहभागी हुन सक्ने उनले जानकारी दिएका छन ।

आयोजकले सम्बन्धित सबै खेलाडीहरु लाई समयमै टिम दर्ता प्रक्रिया पूरा गरी प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न समेत अनुरोध गरेको छ । साथै, स्थानीय खेलप्रेमी तथा दर्शकहरूलाई पनि प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको उत्साहवर्धन गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस