२०८३ जेष्ठ २९ गते शुक्रवार | 2026 June 12th Friday

सरकारी जग्गा नापजाँचका क्रममा बाँकेमा प्रहरीमाथि खुकुरी प्रहार

दाङ, २८ जेठ । बाँकेको बैजनाथ गाउँपालिकास्थित श्री ईश्वरी माध्यमिक विद्यालयको सरकारी जग्गा नापजाँच गर्ने क्रममा खटिएका प्रहरीमाथि खुकुरी प्रहार भएको छ । जग्गाको सीमाङ्कन तथा नापजाँच कार्य भइरहेका बेला स्थानीय एक व्यक्तिले अचानक प्रहरीमाथि खुकुरी प्रहार गरेको बताइएको छ ।

घटनापछि केही समय उक्त क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएर घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । खुकुरी प्रहारबाट एक प्रहरी सामान्य घाइते भएका छन् । 

विद्यालयको सरकारी स्वामित्वमा रहेको जग्गाको नापजाँच तथा सीमाङ्कनका विषयमा विवाद भइरहेका बेला उक्त घटना भएको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस