दाङ, २६ असार । जन्मदिनलाई केवल केक काटेर नभई समाजसेवाको अवसर बनाउँदै बागचौर नगरपालिका ७, सल्यान निवासी तथा सारदा एग्रो कम्पनी प्रा.लि.का अध्यक्ष सालिकराम वलीले मानव सेवा आश्रम, तुलसीपुर दाङ शाखामा आश्रित ८१ जनासँग आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा वलीले आश्रममा आश्रित ८१ जनालाई पनिरसहितको साँझको भोजन गराउनुका साथै एक कार्टुन स्याउ हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रेमबहादुर डाँगी, सोभाराम वली र मोहनलाल वली लगायतकाको उपस्थिति रहेको थियो । मानव सेवा आश्रम, तुलसीपुर दाङ शाखाका प्रमुख हिरु जोशीले सहयोगिप्रति आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्वको यस्तो उदाहरणले अरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए ।
प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
