२०८३ भाद्र ४ गते बिहिवार | 2026 August 20th Thursday

दाङमा पहिलोपटक केयर गिभर ट्रेनिङ कक्षा संचालन

दाङ, ४ भदौ । दाङको तुलसीपुरमा पहिलोपटक केयर गिभर ट्रेनिङ कक्षा संचालनमा ल्याइएको छ । दाङ प्राविधिक कलेज तुलसीपुरले पहिलोपटक रोजगारीका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ केयर गिभर (Caregiver) सम्बन्धी  कक्षा सञ्चालन गरेको बताइएको हो । 

उक्त कक्षामा वृद्धवृद्धा, बिरामी तथा अशक्त व्यक्तिको हेरचाह, सरसफाइ, दैनिक जीवनयापनमा सहयोगलगायतका व्यावहारिक सीप समेत सिकाइने बताइएको संचालकले बताएको छ । 

दाङमै पहिलोपटक केयर गिभर तालिम सुरु भएपछि स्थानीय युवायुवतीले आफ्नै जिल्लाबाट सीप हासिल गर्ने अवसर संगै दक्ष जनशक्ति उत्पादन गर्ने र स्वदेश तथा वैदेशिक रोजगारीका अवसरमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको संचालक गोविन्द बस्नेतले बताए ।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस